Loading... आजः २०८२ पुष ३, बिहीबार

दैलेख जिससमा एमालेको सहयोगमा विद्रोही कांग्रेस विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार नमराज शाही विजयी भएका छन् । नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् ।

उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मतमा रोकिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामीछानेले बताए । सुर्य अनलाईन बाट