Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसद् बहिष्कार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बजेट निर्माणको बेलामा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राख्दै एमालेले बैठक बहिष्कार गरेको हो।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले अर्थमन्त्रीमाथि उठाएको माग सम्बोधन नभएसम्म सहभागी नहुने बताए।

यसअघिका बैठकमा पनि एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो।

तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरिसकेका छन्।

सभामुखले बैठक अगाडि बढाए पनि एमालेका सांसदहरू अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठकबाट बाहिरिएका छन्।

थाहा खबरबाट