Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छौँ  ; अर्थ मन्त्री शर्मा

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउका छन ।

आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन । उनले देशमा साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताएकाछन ।

मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएकोबताए। उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गरेका छन ।

अर्थ मन्त्री शर्माले पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले गरेको नभइ अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको बताए। खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरूको प्रभावका कारण बढेको बताए । उनले नेपालमा तोरी युक्रेन र रसियाबाट नै आउने भएकाले कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेको बताए । नेपालको हिमालदेखि तराईसम्म तोरी फल्ने भएकाले तोरीको उत्पादन बढाएर तेलमा समेत आत्मनिर्भर बन्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री शर्माले साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको बताए ।