Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेत- वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ ।  मृत्यु हुनेमा वीरेन्द्रनगर–१० घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् ।

रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जाकारी दिए ।रातोपाटि बाट