राहत सामग्री सहित प्रभावित हरुको घर-घरमा ; अध्यक्ष सुवेदी

दैलेख -नौमुले गाउँपालिका का अध्यक्ष छविराम सुवेदि केहि दिन यता राहत सामग्री सहित वितरणका लागि प्रभावितहरुको घर – घर मा पुुग्ने गरेका छन ।
भदौ ११ गते राती आएको भीषण वर्षाले सर्वसाधारण को खेतीबालीमा ठुलो क्षति गरे पछि अध्यक्ष सुवेदी आफैले राहत बोकेर बाढी प्रभावितहरुको घर – घरमा पुग्ने गरेका हुन ।
जनताको घर-घरमा सरकार भन्ने कार्यक्रम अनुसार नौमुले गाउँपालिका वडा नं ५ को वारि बजार र रापट टोलमा हिजो (शनिवार )रातीको बाढीले सर्वसाधारणको घर र खेतीबालीमा व्यापक क्षति गरे पछि राहत सामाग्री सहित अध्यक्ष सुवेदी जनताको घर घरमा पुगेका हुन ।
उक्त राहत सामाग्रीको व्यवस्था वडा नं ५ को कार्यालयले गरेको थियो । अध्यक्ष सुवेदिले पछिल्लो समय श्रमदान कार्यक्रम मार्फत पालिककाको सिघ्र विकासमा समेत जोडदिदै आएका छन।
स्वास्थ्य क्षेत्रका ज्ञाता समेत रहेका अध्यक्ष सुवेदि आफै गाउँ गाउँमा गएर जनताको स्वास्थ्य अवस्था चेकजाँच गर्ने काम समेत गरीरहेका छन ।







परिवर्तन संवाददाता
१२ भाद्र २०७९, आईतवार १७:१५