Loading... आजः २०८१ बैशाख ८, शनिबार

अर्थमन्त्री शाहले गरे बाढीपहिरो पीडित बस्तीको अनुगमन

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले सुर्खेतमा रहेको बाढीपहिरो पीडितहरुको बस्तीको अनुगमन गरेका छन्। चौकुने गाउँपालिका–८ भाम्लेमा विगत ६ महिनादेखि पालको घरमा बस्दै आएका बाढीपहिरो पीडित बस्तीको अनुगमन गरेका हुन्।गत भदौ महिनाको २१ गते अविरल बर्षासँगै आएको बाढीपहिरोले चौकुने गाउँपालिकाका धेरै बस्तीहरुमा क्षति पु¥याएको थियो। बस्ती माथिबाट आएको पहिरो र बस्ती तलतिर नजिकै रहेको खोलामा आएको बाढीका कारण बस्तीनै जोखिममा रहेको छ।

उक्त टोलका अगुवा टेकबहादुर विकले बाढीपहिरोको कारणले गर्दा देविराम वि।क, जानकी वि।क, टेकबहादुर वि।क र विष्णा वि।कको घर पूर्णरुपमा क्षती भएको बताए। उनकाअनुसार उच्च जोखिममा तीन वटा घर रहेका छन्। भने जोखिममा ७ वटा घर रहेका छन्।

यस्तै, अर्का पहिरो पीडित कृष्ण वि।कले बाढीपहिरोले गर्दा घर तथा खेतीयोग्य जमिनमा समेत क्षती पु¥याएपछि सुन्दर नेपाल संस्थाले पहिरोपीडित १० घरलाई प्रतिघरदुरी १० हजार १४ रुपैयाँ वितरण गरेको बताए। उनले भने, ‘संघ संस्थाले सहयोग गरे। तर, पालिकाले एक प्याक चामल मात्रै दियो। अरु कुनै सहयोग गरेन्।’

भाम्लेका बाढीपहिरो पीडितहरुले कर्णाली प्रदेश सरकारसँग बर्खाको समय अगाडीनै दिर्गकालिन बासको व्यवस्थापनका लागि आग्रह गरेका छन्। बाढीपीडित दिपा वि।कले भनिन्, ‘स्थानीय सरकारले हामीलाई हेरेन हाम्रो गुनासो सुनेन। बासको लागि जिल्ला विपद् व्यवस्थापनसँग पहल गरिदिन अनुरोध गर्दछौँ।’बाढीपीडितको गुनासो सुनिसकेपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले पुर्नस्थापनाका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन सुर्खेतसँग समन्वय गरि बस्तीको व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

यस्तै, भदौ महिना नै पञ्चपुरी नगरपालिका–९ र चौकुने गाउँपालिका–९ को सिमानामा पर्ने चौकुने खोलामा आएको बाढी चौकुने र पञ्चपुरीको बसन्त कुन्डा, ठकुरी टोल र खराल टोलमा पसेको थियो। अन्नको लागि उर्भर जमिन रहेको उक्त क्षेत्रमा ६ जना किसानको करिब २४ रोपनी जग्गामा क्षती पु¥याएको छ। भने माथीबाट आएको पहिरोले पुरै जग्गा पुरिदिएको छ। उक्त स्थानको पनि मन्त्री शाहले अनुगमन गरेका थिए। नेपालि रैवार बाट