Loading... आजः २०८१ बैशाख २०, बिहीबार

सुर्खेतमा प्रहरी द्धारा अबैध कुखुरा नष्ट

सुर्खेत – सुब्बाकुनाबाट नियन्त्रणमा लिईएका अबैध कुखुरा नष्ट गरेको छ । प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट पक्राउ गरेका अबैध कुखुराका चल्ला नष्ट गरेको छ ।

छिन्चु बाट वीरेन्द्रनगर ल्याउदै गरेका १४०० अबैध कुखुरा मंगलवार सुब्बाकुना चेकपोष्टबाट नियन्त्रणमा लिईएको थियो ।

चेकजाँचका क्रममा लेस कुखुराका चल्ला अबैध भएको पाईएपछी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

अवैध रुपमा भित्र्याउदै गरिएका लेस कुखुराका चल्लालाई प्रहरीले नियन्त्रण पश्चात खाल्डो खनेर नष्ट गरिएको सुब्बाकुना चेकपोष्टका प्रहरी इन्चार्ज होबिन्द रावलले जाकारी दिए ।

उक्त लेसलाई सुब्बाकुना कै जंगलमा खाल्डो खनि नष्टगरिएको उनले बताए ।