Loading... आजः २०८१ बैशाख १६, आईतवार

कर्णालीमा (एसईई) परिक्षा संञ्चालको तयारी पूरा

कृष्ण शर्मा ,सुर्खेत – शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि कर्णाली प्रदेशमा एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशमा एक सय ८६ वटा परीक्षाबाट ३५ हजार ८ सय ८ जना विद्यार्थी सहभागी हुने भएका हुन् । (एसईई) मा नियमितर्फ ३३ हजार ८ सय ४२ र ग्रेड वृद्धीमा एक हजार एक सय ४० जना विद्यार्थी सहभागी हुँने निर्देशनालयका सुचना अधिकारी लोक प्रसाद पौडेलले परिवर्तन दैनिकलाई जानकारीदिए ।

सुचना अधिकारी पौडेलका अनुसार परीक्षा केन्द्रको आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठनको   व्यवस्था गरिएको छ ।

पौडेलका अनुसार परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, निरिक्षक, कार्यलय सहयोगी, सुरक्षाकर्मी गरी कर्णालीमा ६ हजार ८२ जना कर्मचारी खटाईएको बताए ।…आवाज….

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र कर्णाली प्रदेशका सबै परीक्षा केन्द्रमा पुगिसकेको र एसईई सञ्चालनमा लाग्ने खर्च पनि सबै जिल्लामा पठाइ सकिएको सुचना अधिकारी पौडेलले बताए ।….आवाज….

कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।