Loading... आजः २०८१ बैशाख १७, सोमबार

आज प्रतिनिधिसभा बैठकमा विद्युत ब्यापार विधेयक प्रस्तुत गरिने

काठमाडौं- आज प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवनमा आज बिहान ११ बजे बैठक बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युत ब्यापार विधेयक २०८० माथी विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।