कर्णालीको बजेट प्रदेशसभाबाट पारित
सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा बजेट पारित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत छ ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै संसद्समेत अवरुद्ध गर्दै आएको थियो । कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको थियो । सम्झौतापछि मन्त्रालयगत बजेटमाथि छलफल भएको थियो ।
परिवर्तन संवाददाता
२३ असार २०८१, शनिबार ०६:४७