Loading... आजः २०८२ जेष्ठ ३२, शनिबार

माओवादी अध्यक्ष प्रचण्डद्वारा दैलेखको भगवतीमाई गाउँपालिका सम्मानित

जेठ ५, २०८२ सोमबार  । नेकपा  (माओवादी केन्द्र)  का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मानित भएको छ ।

७ सय ५३ पालिकामध्ये उत्कृष्ट ६ मा पर्न सफल भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई प्रचण्डले सम्मान गरेका हुन अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन। कर्मचारीतर्फ नायब सुब्बा प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानका क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारेका थिय । उनले यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई देशकै साझा अभियान बनिसकेको दाबी गरे ।