Loading... आजः २०८२ कार्तिक ३०, शनिबार

हिकमत जंग मल्लको संयोजनमा ‘जेनजी २.० कर्णाली’को नयाँ टिम गठन;

सुशासन, पारदर्शिता र जबाफदेहिता स्थापनाका लागि सक्रिय अभियान चलाउने घोषणा

कृष्ण शर्मा 

सुर्खेत । कर्णालीमा ‘जेनजी २।०’ अभियानले नयाँ टिम गठन गरेको छ।

‘न्याय, सुशासन र समृद्धिको लागि’ भन्ने नारासहित सार्वजनिक गरिएको उक्त टिमको संयोजन हिकमत जंग मल्लले गरेका छन्।
वीरेन्द्रनगरमा सम्पन्न बृहत् छलफलपछि हिकमत मल्लको नेतृत्वमा प्रादेशिक समिति गठन गरिएको हो।

उनको नेतृत्वमा बनेको टिमले कर्णालीमा सुशासन, पारदर्शिता र जबाफदेहिता स्थापनाका लागि सक्रिय अभियान चलाउने बताइएको छ।
नयाँ टिममा डम्बर शाहू संरक्षक, मोहन थापा (काजी) सह–संयोजक र लक्ष्मी रोकाया प्रवक्ताका रूपमा रहेका छन्।
त्यस्तै, विभिन्न विभागमा पनि जिम्मेवारी बाँडफाँट पनि गरिएको छ जसअन्र्तगत कृषि विभागमा मोहन बहादुर शाही, आर्थिक तथा योजना विभागमा सूर्य विक्रम लामिछाने, खेलकुदमा नविन बुढा, स्वास्थ्यमा उपेन्द्र शाही र आईटी विभागमा मिलन शर्मा रहेका छन्।
हिकमत जंग मल्लले संयोजन गरेको यो टिमले प्रदेशका सबै जिल्ला संरचनालाई समेत विस्तार गरेको छ। सुर्खेतदेखि सल्यानसम्मका जिल्लामा संयोजक र पदाधिकारी तोकिएका छन्, अब गाउँ–गाउँमा संगठन विस्तार गरिने मल्लले बताएका छन्।
जेनजी २।० कर्णालीले जनआन्दोलन २०८२ बाट सुरु भएको अभियानलाई संस्थागत गर्दै
देशमा सुशासन, पारदर्शिता र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने लक्ष्य लिएको छ।
संगठनले सबै दल र समूहलाई संवाद र सहकार्यको बाटोबाट मुलुकको संकट समाधान गर्न आग्रह गरेको छ।