Loading... आजः २०८२ माघ ६, सोमबार

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

सुर्खेत -‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नारासहित आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर मनाइँदैछ।

१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। दिवसको उद्देश्य भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको छ।

संघ, प्रदेश र स्थानीय तहले विभिन्न कार्यक्रममार्फत दिवस मनाउँदै छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज काठमाडौँमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुनेछ।

देशभर गोष्ठी, र्याली, अन्तरक्रिया, प्रदर्शनी र अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्।