पक्कि सडकले दुबो छेकेन
सडक मोडमा दुबो बिस्तार
कृष्ण शर्मा
दैलेख,
दैलेख सरमुकाम स्थित जिल्ला प्रशाशन कार्यालयको आडैमा रहेको पक्कि सडकको एक खण्डले दुबोसमेत नछेकेको पाईएको छ ।
दैलेख –सुर्खेत सडक खण्ड अन्र्तगत पर्ने नारायण नगरपलिका १ स्थित जिल्ला प्रशासन कार्यालय को दक्षिण र जिल्ला कारगारको उत्तरि आडमा रहेको सडक मोडमा दुबो बिस्तार भएको हो ।
विकासका नाममा अजनताको कर दुरुपयोग गरि निमार्ण ब्यवसायि ठेकेदार र सरोकारवाला निकाएहरुको चरम लापर्वाहिका कारण नागरिक हरुले दिगो विकासको महसुस गर्नसमेत गाह्रो छ भन्नेकुरा दुबो नछेक्ने उक्त सडकले पुष्टि गरेको हो ।
यसरि न्युनस्तरीय काम बाट जनताको कर र पसिनाको दुरुपयोग गर्ने र उक्त कार्यको छानबिनगरि दोषिउपर कानुनि प्रक्रिया चालि गल्ती सुर्धान आवश्यक देखिन्छ ।








परिवर्तन संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार १५:२७