Loading... आजः २०८२ पुष १३, आईतवार

नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

फ्रेन्च ओपनबाट नाम फिर्ता

काठमाण्डाै – जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् ।

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।

दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।