Loading... आजः २०८२ पुष १३, आईतवार

गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिए ७ हजार २१९ जना संक्रमण मुक्त

देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्  भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

भक्तपुरमा १ सय ८१,ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यही अवधिमा १  सय १ जनाको मृत्यु भएको छ ।