दैलेखमा जारी निषेधाज्ञा दश दिनका लागि थप
दैलेख- जिल्लामा जारी निषेधाज्ञा लाई दश दिन थप गएिको छ ।
बिश्वभर तिब्र रुपमा बढ्दै गई रहेको कोभिड–१९ को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणको लागी अत्यावश्यक कामकाज बाहेक हिड्डुलसमेत निषेध गर्न दैलेख जिल्लामा मिति २०७८ साल जेठ ३१ गते सोमवार राति १२.०० बजेदेखि मिति २०७८ असार १० गते राती १२.०० बजेसम्म १० दिन निषेधाज्ञा थप गर्ने कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिभर एम्वुलेन्स, दमकल, शवबाहन, सरकारी सवारीसाधनहरु, निलो प्लेटका सवारीसाधनहरु, निर्माण सामग्री बोक्ने सवारीसाधनहरु र अत्यावश्यक दैनिक उपभोग्य बस्तु ढुवानी गर्नेसवारी साधनहरु तथा अन्य अत्यन्त जरुरी कार्यको निम्ति बाहेक अन्य सवारीसाधनहरु संचालन गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।
जनस्वास्थ्यका मापदण्ड पुरा गरी खाद्यान्न,पानी, फलफूल, तरकारी, एग्रोभेट सेवा, ग्याँसका पसलहरु तथा अन्य व्यवसायहरु ( चिया नाश्ता पसल तथा होटेल रेष्टुरेन्ट बाहेक) बिहान ०६ः०० बजेदेखि दिउसो १२ः३० बजेसम्म संचालन गर्न पाईनेपनि निर्णयमा उल्लेख गरिएको छ ।
निषेधाज्ञाको अवधिभर जनस्वास्थ्यका मापदण्ड पुरा गरी स्वास्थ्य, विद्युत, सुचना तथा संचार, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ बिक्रि वितरण, औषधी पसल र सार्वजनिक निर्माण कार्यहरु संचालन गर्न पाइने छ ।
बैंक तथा बित्तिय संस्थाहरुद्वारा बिहान १०ः०० बजे देखि दिउँसो १४ः०० बजे सम्म आ–आफ्नो सेवा संचालन गर्न पाइनेछ । निषेधाज्ञा अवधिभर आदेशको उल्लघन गर्ने, जनस्वास्थ्यका मापदण्ड पुरा नगर्ने, जो कोहिलाई कानुन बमोजिम सजाय हुने जिल्ला कोभिड–१९ संकटव्यवस्थापन संचालन केन्द्रले निर्णय गरेको जिल्ला प्रशाशन कार्यालय दैलेखले जानकारि दिइएको छ ।







परिवर्तन संवाददाता
३० जेष्ठ २०७८, आईतवार १९:५४