Loading... आजः २०८० मंसिर २३, शनिबार

कर्णाली नदिमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता

थप विवरण आउन बाँकी

 

 सुर्खेत – कर्णाली नदिमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता डिएसपी राम प्रसाद घर्ती का अनुसार मृत्यु हुनेमा उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाको शिशु रहेका छन ।उनिहरु सबैको ठेगाना मोहन्याल गाउपालिका ३ कैलाली रहेको छ ।

आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउनेक्रममा आइतबार विहान १२ बजेतिर डुंगा दुर्घटना भएर छ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।