शनिवार विशेष ; मन्त्रि थापा द्धारा स्थलगत अनुगमन तथा निरिक्षण
कृष्ण शर्मा । सुर्खेत – कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रि अम्मर बहादुर थापा ले प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाको स्थलगल अनुगमन तथा निरिक्षण गरेका छन ।
सबैका लागि आराम गर्ने सनिवारको दिनलाई सदुपयोग गर्दै कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रि अम्मर बहादुर थापा ले प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाको स्थलगल अनुगमन तथा निरिक्षण गरेका छन ।
सुर्खेतको पुर्वि भुभागकामा पर्ने सिम्तामा कर्णाली प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाहरु अन्तर्गत राकम, बजेडिचौर, काफलकोटका भैरहेका र सम्पन्न भैसकेका कार्यहरुको अनुगमन र भानु मा वि, श्री नेपाल राष्ट्रिय मा वि, मा वि देउली लापु, सिर्पा देउलि काफलकोट सडक, जितेजुवा पाठोकाट्ना – काफलकोट सडकको स्थलगत अवस्थाको अनुगमन समेत गरेका छन ।
सोहि क्रममा आफ्ना सहकर्मी ऋषी शर्मालाई सम्झेर मन्त्री थापा भावुक समेत बनेका थिय ।
ऋषि जन्म थलोमा पुगेर आफ्नो साथिको सपना साकार पार्न निरन्तर लागि पर्ने उद्घोष गर्दै भौतिक रुपमा ऋषि नभएपनि ऋषिका लागि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि केही असल काम गरेर देखाउने प्रण गरेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापा का प्रेस सल्लाहाकार चक्र के.सी. ले परिवर्तन दैनिक लाई जानकरी दिएका छन ।
परिवर्तन संवाददाता
१७ श्रावण २०७८, आईतवार १५:१७