दैलेखमा तपाईको मास्क खै अभियान
जिल्ला प्रहरी कार्यालय दैलेखले तपाईको मास्क खै अभियान कडाईका साथ संचालन गरेको छ । पटक पटक मास्क लगाउन आग्रह गर्दा समेत अटेरी गरी मास्क नलगाउने दैलेख सदरमुकाममा ५१ जना जरीवानामा परेका छन् । दैलेख प्रहरीले यहि माघ ५ गतेदेखि ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरी कोरोना संक्रमणवाट वच्न मास्क लगाउन चेतावनी दिदाँ पनि अटेरी गरी मास्क नलगाउने व्यक्तिहरुलाई कारवाही स्वरुप रु १ सय जरीवाना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ दैलेखको तपाईको मास्क खोई अभियान टोलीले वुधवार दैलेख सदरमुकाममा तपाईको मास्क खाई भन्दै अभियान पुरानो वजारदेखि काडाचौरसम्म पुगेको थियो । उक्त अभियानमा मास्क नलाएको भेटिएका व्याक्तिह्रुलाई आगामी दिनमा नियमित मास्क लगाउन आग्रह गरिएको थियो । यदि पुनः मास्क नलगाएको पाइएमा संक्रमण रोग ऐन २०७५ अनुसार ६ महिना कैद तथा रु ६ सय सम्म जरिवाना गरिने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख सदरमुकाममा कोरोना संक्रमणवा वच्न मास्क लगाउने सामाजिक दुरी कायम गर्ने जस्ता विभिन्न गतिविधि तथा पत्र पत्रिका रेडियोमा समेत जनचेतनामूलक सन्ेदश प्रचार प्रचार गर्दा समेत मास्क लगाउन अटेरी गर्नेलाई वाध्य भएर कारबाही गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले वताए । ‘मास्क लगाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मास्क प्रयोग नगर्ने व्यक्तिलाई जरीवाना स्वरुप एकसय रुपैयाँ काटेका हौं’ प्रहरी प्रमुख साहले भने, ‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ, तर जान्दाजान्दै अटेरी गर्नेहरु धेरै छन् हामि सचेत पार्दै संक्रमण रोग ऐन २०७५ अनुसार कारवाही गर्छौ ।’
यस अघिनै जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्यका मापदण्ड अपनाई घर वाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको प्रहरी प्रमुख डिएसपी साहले वताए । ‘अझ पनि अटेरी गरी मास्क नलगाई घरबाहिर निस्कनेलाई जरीवाना तिराउने र गल्ती दोहो¥याएमा संक्रामक रोग ऐनअनुसार थप कारबाही गर्छौं’ प्रहरी प्रमुख डिएसपी साहले भने, ‘अनिवार्य मास्कको प्रयोग गरौ, सेनीटाइजर प्रयोग गरौ स्वास्थ्यका मापदण्ड अपनाई कोरोनावाट वचौ भन्दै अभियान चलाउदा पनि अटेरी गरेकोले जरिवाना गनुपरेका डिएसपि शाहले बताउनु भयो ।
यस भन्दा अगाडिनै मास्क प्रयोग गरौ कोरारेनावाट वचौ भन्दै अभियानमा घरदैलोमा पुगी ३ हजार थान मास्क वितरण गरी जनचेतना फैलाएको डिएसपी साहले वताए । ‘हामिले जनचेतनाको लागि मास्क दिदै हिडेर मास्क लगाउन आग्रहह ग¥यौ’ प्रहरी प्रमुख डिएसपी साहले भने, ‘त्यती गर्दापनि अटेरी गरी मास्क नलागाएको भेटायौं तर पनि संक्रमण ऐन अनुसार एक महिना कैद सय रुपैया जरीवाना वा दुवै सजाएको व्यवस्था छ, संक्रमण ऐनमा यस्तो छ भन्दै प्रचार प्रचार पनि गरेका थियौ ।’ केहि व्यक्तिले अटेरी गरी मास्क नलगाएकाले जरीवानामा परेको प्रहरी प्रमुख डिएसपी साहको भनाई छ ।
कोरोना संक्रमणवाट वच्न आम नागरीक आ–आफ्नो ठाउँमा सचते रहि यस अभियानलाई सहयोग पु¥याउन डिएसपी साहले आग्रह गरे । आगामी दिनमा पनि यस अभियानको निरन्तरता दिदै दोस्रो पटक पनि मास्क नलगाएको तथा स्वास्थ्यका मापदण्ड उल्लंघन गरेको पाइएमा कानुन अनुसार अगाडि वढिने प्रहरी प्रमुख डिएसपी साहले वताए । जिल्ला प्रहरी कार्यालय दैलेखले यहि ५ गतेदेखि बढ़ी भीड हुने क्षेत्रहरुमा माइकिङका र मास्क वितरण गरेर जनचेतना फैलाइदै आएको थियो ।







परिवर्तन संवाददाता
१२ माघ २०७८, बुधबार १७:३७