कर्णालीमा राष्ट्रियसभा निर्वाचन मतदान सम्पन्न
१८९ जना मतदानमा सहभागी
सुर्खेत – कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।
कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए ।
तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।
गठबन्धनका तर्फबाट दुर्गाकुमारी गुरुङ, नरबहादुर विस्ट र उदय बोहोरा उम्मेदवार बनेका छन् भने एमालेबाट गंगा थापा महत, पदमबहादुर माझी र चुडामणि शर्मा उम्मेदवार छन् ।







परिवर्तन संवाददाता
१२ माघ २०७८, बुधबार १७:५७