सुर्खेतमा लागुऔषधसहित पाँचजना पक्राउ
सुर्खेत- लागुऔषधसहित प्रहरीले सुर्खेतबाट पाँचजना पक्राउ गरेको छ । दुई फरक–फरक स्थानबाट प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको हो ।वीरेन्द्रनगर ११ पिपिराचौकबाट सोही स्थानका २२ वर्षीय गौरव सुनार, २४ वर्षीय महेश सुनार र ४६ वर्षीय तिलाराम पुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट २ सय मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ ।
त्यस्तै, वीरेन्द्रनगर ९ शान्तिटोलबाट सोही स्थानका २५ वर्षीय अजयसिंह चौधरी र २५ वर्षकै राजु गाइनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ सय ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो ।







परिवर्तन संवाददाता
२६ माघ २०७८, बुधबार २१:४५