हिमपातका कारण जुम्लाकाे लेकमा फसेका ३१ जना सकुशल घर फर्के

सुर्खेत – जुम्लाकाे तातोपानी गाउँपालिका-८ लेकमा जडिबुटी (सेतक चिनि) संकलन गर्न गएका ३१ जना सकुशल घर फिर्ता भएका छन् । यहीँ माघ २१ गते परेको बाक्लो हिमपातका कारण लेकका विभिन्न ओडारहरूमा बसेका उनीहरू सकुशल घर फिर्ता भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे हाे ।
उद्धारका लागि हेलिकाेप्टर लकेमा पुगेपनि कठिनाइ भएपछि उनीहरूकाे लागि हेलिकाेप्टरबाटै आवश्यक खानेकुरा खसालिएकाे थियाे । घर फर्कनेमा तातोपानी गाउँपालिका-८ काे खोलिसल्ला ओढारमा अलपत्र परेका विपन शाही, सुरेन्द्र शाही, सुवास सिंह, धिरेन्द्र शाही, केशब शाही, बिरबहादुर शाही, हेमन्त शाही र प्रकाश सिंह छन् ।
यस्तै साेही ठाउँकाे यसु ओढार बसिरहेका कृष्ण बहादुर शाही, मुनकला शाही, ललित शाही, कालिका शाही, मोति शाही, बिराज शाही, तपेन्द्र शाही, कबिन्द्र शाही, नरेन्द्र शाही, लालबहादुर शाही, गंगा शाही, कल्पना शाही पनि फर्किएका छन् । नेपाली रैबार







परिवर्तन संवाददाता
२७ माघ २०७८, बिहीबार ०९:१४