Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज

 

काठमाडौं –  नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ।

बिहीवार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलले बताए।