रूसद्वारा युक्रेनलाई तीन तर्फबाट घेराबन्दी

किभ : एक लाखभन्दा बढी रूसी सैनिकले अहिले युक्रेनलाई तीनतर्फबाट घेरा हालेका छन्।
एकातिर रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ भने अर्कोतर्फ बेलारूसमा पनि ३० हजार सैनिक युद्धअभ्यासमा खटाएको छ।
यसैबीच रूसी नौसेनाले युक्रेन नजिकैको कृष्ण सागरमा आफ्नो सुपर डिस्ट्रोयर युद्धपोत तैनाथ गरेको छ। रूसको खतरनाक योजना देखेर अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित देखिएका छन्।
राष्ट्रपति बाइडेनले आफ्ना नागरिकलाई युक्रेन तुरुन्तै छोड्न अपिल गरेका छन्। उनले रूससँग युद्ध हुन सक्ने चेतावनी दिएका छन्।
बाइडेनले भने, ‘हामी अहिले आतंकवादी संगठनको सामना गरिरहेका छैनौं‚ संसारको सबैभन्दा ठूलो सेनामध्येकै एकको सामना गरिरहेका छौं। परिस्थिति जुनसुकै वेला खतरनाक हुन सक्छ।’
रूसले विगत २० दिनदेखि लगातार युक्रेनविरुद्ध बलियो घेराबन्दी गरिरहेको छ। रूसी सेनाको तैनाथी अक्टोबर २०२१ मा सुरु भएदेखि अहिलेसम्मको सबैभन्दा ठूलो तैनाती हो।










परिवर्तन संवाददाता
२९ माघ २०७८, शनिबार १०:४९