Loading... आजः २०८३ बैशाख ३, बिहीबार

एमालेले प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने

 

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले दर्ता गरेको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव लोकतन्त्र, स्वतन्त्र न्यायपालिकाको प्रहार, निर्वाचित तथा सत्ता र विपक्षी दलबीच बढ्दै गएको संवादलाई विथोल्ने प्रयास भएको निष्कर्ष निकालेको छ ।

‘भर्खरै बन्दै गएको प्रणालीलाई अस्थिर बनाउने र नेपाललाई नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुसार यो कदम अघि बढाइएको निष्कर्षमा साथ यस विषयमा गम्भीर रुपमा प्रतिवाद गर्न आवश्यक छ,’ बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने ।

पोखरेलका अनुसार सचिवलायले यसलाई अत्यन्त षड्यन्त्रपूर्ण कदमको रुपमा लिएको छ । ‘यो अदालतमाथिको प्रहारमात्रै होइन । सिंगो लोकतन्त्रमाथि र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार, नेपाली जनताको सार्वभौमसत्तामाथिको प्रहारको रुपमा हामीले यसलाई लिएका छौं,’ उनले भने, ‘यो हाम्रो पार्टी र जनताको दबाबको कारण भर्खरै तय गरिएको स्थानीय निर्वाचनलाई धकेल्ने षड्यन्त्रअन्तर्गत पनि यो प्रयास भएको हुनसक्छ’ पोखरेलले भने ।

‘यो कदम सत्ता र प्रतिपक्षको बीचमा लामो समयको अन्तरालपछि जुन प्रकारको संवाद थालनी हुँदै गरेको थियो ।