Loading... आजः २०८३ बैशाख ३, बिहीबार

बर्नलीलाई पराजित गर्दै लिभरपुलले घटायो सिटीसँगको अग्रता

काठमाडौं – ​इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल  विजयी भएको छ। लिग अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग १-० को जित निकाल्दै लिभरपुलले शिर्ष स्थानको सिटीसँगको अंकदूरी केहि कम गरेको छ।

आइतबार राति भएको खेलमा बर्नलीलाई पराजित गर्न फाविन्होले ४० औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। जितसँगै लिभरपुलले पुन शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा झारेको छ।​

रेलिगेशन जोनबाट माथि उठ्न प्रयासरत बर्नलीले भने त्यसअघि लिभरपुलले गरेका केहि राम्रा अवसरलाई निस्तेज पारेको थियो। साथै बर्नलीले पनि लिभरपुलविरुद्ध केहि राम्रा गोलका मौका समेत पाएको थियो।​

प्रिमियर लिगमा अब १४ खेल खेल्न बाँकी हुँदा लिभरपुल अझै उपाधि होडको आशमा रहेको छ। लिभरपुलको २४ खेलबाट ५४ अंक रहेको छ। शीर्ष स्थानको सिटीको २५ खेलबाट ६३ अंक रहेको छ। बर्नलीको २० खेलबाट १४ अंक छ र उ लिगको पुछारमा कायमै छ।