Loading... आजः २०८३ बैशाख ५, शनिबार

पत्रकारहरु सेवामुखि हुन कानुन मन्त्रि शाहिकाे आग्रह

कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता

सुर्खेत –कर्णाली  प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरु लाई सेवामुखी हुन आग्रह  गरेका छन। मन्त्रीशाहीले संचार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निजि स्वार्थ र दलिय स्वार्थबाट टाढा रहेर सत्य तथ्यमा आधारित भई निर्धकका साथ समाचार संकलनगर्न समेत अनुराेध गरेका छन।  वी इनस्पाएर नेपालकोआयोजनामा भएको दुई दिने मिडिया साक्षातकार तालिमको समापन कार्यक्रममा  धारणा रख्दै मन्त्री शाहीले पत्रकार भनेको राष्ट्रको चौथों अंग भएकोले कणाली प्रदेस सरकाले सम्पुर्ण पत्रकारहरुको हकहितको लागि वृहत छलफलका साथ कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता जनाएका छन।
कानुन मन्त्री शाहीले समाजमा भएको विकृति , विसङ्गतीलाई अन्त्यगर्दै कुनै निर्भयकता ,निश्वार्थका साथ समुन्नत विकासको लागि युवा पुस्ताहरु जागरुक हुनु पर्ने समेत जोड दिए । देशले रुपान्तरण र पुस्तान्तरण खोजेकोले युवा पुस्ता निश्वार्थ भावनाका साथ लाग्नुपर्ने बताए।
उनले अव युवाहरु म , मेरो होइन हामी र हाम्रो भनेर अघि बढे मात्र देशमा परिवर्तन हुने बताए ।  मन्त्रि  शाहिले भने “नेपालमा सत्तामा पुगे पछि आफ्नो आसेपासे , नजिकको नतागोता लाई प्राथमिकता दिने चलनलाई तोडेर आवश्यकतालाई पहिचान गरेर सबैका समस्या
समाधन गरिने छ ”। आफु सबैको साझा जनप्रतिनिधी बन्ने र सबै जनप्रतिनिधी , राष्ट्र सेवक कर्मचारीहरुलाई दलिय स्वार्थबाट टाढा रहन पनि उनले आग्रह गरे । मन्त्री शाहीले कर्णाली प्रदेशमा थाँती रहेका सम्पुर्ण चुनौतीहरुलाई सामना गरेर कर्णाली बासीलाई समुन्नत यात्रामा लिनको लागि कर्णाली प्रदेस सरकार तयार रहेको मन्त्री शाहिकाे भनाई छ।