Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

भोली शहिदपार्कमा मुख्यमन्त्रीसहितकाे टाेलीले सरसफाइ गर्ने

सुर्खेत –कर्णाली प्रदेश सरकारले भोली शनिबार फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखी तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।

 

प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ । नेपाली रैबार बाट