हरेक महिना प्रगति विवरण दिन मन्त्री सिंहको निर्देशन
सुर्खेत – बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्ला स्थित कार्यालय प्रमुखलाइ प्रत्यक महिनाको प्रगती विवरण पठाउन निर्देशन दिनुभएको छ । १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्यक महिना खर्चको विवरणसँगै प्रगती विवरण पेश गर्न निर्देशन गर्नुभएको हो ।
बजेट कार्यन्वनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरा समेत अवगत गराउन मन्त्री सिंहले निर्देशन दिएका छन् । अहिले सम्मा मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाख भन्दा तलका योजनाहरु कार्यन्वन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दल बीच भएको सहमति अनुसार काम गर्न समेत मन्त्री सिंहले आग्रह समेत गर्नुभएको छ । परिणाम नआउने खालका योजनाहरु जथाभावी बाँडेपछि त्यसको कार्यन्वनमा प्रश्न चिन्ह खडा गरिएको थियो ।







परिवर्तन संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार १८:२३