नेपालमा अमेरिकी दबाबको प्रतिरोध गर्छौं : चीन
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए।
वाङले नेपालको आर्थिक विकास र जीवनस्तर सुधारका लागि योगदान गर्ने अन्तरराष्ट्रिय समुदायको स्वागत गर्ने बताए। यो सहयोग कुनै राजनीतिक परिस्थितिमा आधारित नभई नेपाली जनताको चाहनामा हुनुपर्ने उनको दाबी छ।
‘नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छ’, उनले भने, ‘तर यो शर्तरहित नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।’
नेपालको असल छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासको मार्ग छनोट गर्नका लागि सहयोग गर्ने उनको दाबी छ









परिवर्तन संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार १८:३०