Loading... आजः २०८३ बैशाख ५, शनिबार

नेपाली जनताको चाहना मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै हो : मुख्यमन्त्री शाही

सुर्खेत  – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली जनताको चाहना भनेको मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

प्रजातन्त्र प्राप्तपछि पनि नेपालमा विभिन्न कालखण्डमा आन्दोलनहरू भएका छन्,’उनले भने,‘ ती आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको रक्षामा हामी सबै लाग्न आवश्यक छ।’ शाहीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य दिएको बताएका छन् ।