सुर्खेत कारागारका १६ कैदीवन्दीलाई आममाफी

सुर्खेत – सुर्खेत कारागारमा कैद जीवन विताइरहेका १६ जनाले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सुर्खेतका १६ जनाले आममाफी पाउन लागेका हुन् ।
आममाफी पाउनेहरुमा १२ जना पुरुष र चार जना महिला रहेकाे कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गाैतमले जानकारी दिए । उनकाअनुसार आममाफी पाउनमाे कर्तव्य ज्यान, ज्यान मार्ने उद्याेग, चाेरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरु छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेकाे ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरिएकाे हाे ।







परिवर्तन संवाददाता
७ फाल्गुन २०७८, शनिबार ०८:३९