दुर्घटनाको ४ महिनापछि क्षतिपूर्ति दिने सहमति

रुकुम पश्चिम — जन्ती बस दुर्घटनामा परी मृत्यु भएका आफन्तले क्षतिपूर्ति र घाइतेले उपचार खर्च पाउने भएका छन् । दुर्घटना भएको ४ महिनापछि क्षतिपूर्ति र उपचार खर्च दिने सहमति भएको हो । गत मंसिर २० गते मुसीकोट नगरपालिका-२, बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा बुदु खड्काको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।
त्यसको ४ महिनापछि बुधबार मात्रै मृतकका आफन्तलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने गरी सहमति भएको हो । ग १ ख २१०९ नम्बरको बस दुर्घटनापछि कुनै पनि कानुनी प्रक्रिया पूरा गरिएको थिएन । चालकलाई नियन्त्रणमा लिए लगत्तै प्रहरीले छाडेको थियो भने अरु प्रक्रिया पूरा गरेको थिएन ।
दुर्घटना भएको लामो समय भइसक्दा पनि कानुनी प्रक्रिया अघि नबढेको भन्दै पीडित पक्ष आन्दोलनमै आएपछि क्षतिपूर्ति र उपचार खर्च व्यहोर्ने गरी प्रहरीले कागज बनाइ छाडिदिएको थियो। पीडित पक्ष बुधबार बिहानैदेखि सडकमा निस्केर सवारी चल्न दिएका थिएनन् ।शाभार कान्तिपुर दैनिक







परिवर्तन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार ०८:०६