Loading... आजः २०८३ बैशाख ६, आईतवार

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

काठमाडौं – सरकारले नागरिकता विधेयकलाई अगाडी बढाउने भएको छ।  गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको हो।

बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए।

नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने पनि जानकारी दिए।  उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।