मुलुक कठिन मोडमा पुग्दा काँध थाप्ने पार्टी माओवादी मात्रै हो : प्रचण्ड
सुर्खेत –मुलुक कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले बताएका छन् । पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका प्रचण्डले हरेक कठिन घटनाक्रममा आफ्नो पार्टीले मुलुकलाई सही गतिमा डो¥याउन निर्णायक भूमिका खेलेको दावी गरेका छन् ।
देशमा विकसित हुने कठिन घटनाक्रममा आफ्नो पार्टीले सही दिशामा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको र पछिल्लो एमसीसी प्रकरणले थप भरोसा माओवादीप्रति बढेको प्रचण्डले बताए । ‘अघिल्लो गठबन्धन भन्नुहोस् वा अहिलेको गठबन्धन भन्नुस् कठिन घटनाक्रम हुदा अन्तिम समयमा माओवादीले जोगाएको छ,’ प्रचण्ड भने, ‘अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने क्रममा राष्ट्र विभाजन हुने खतरामा थियो तर त्यसलाई सही मार्गमा ल्याउन एमसीसी पारित गरेर विभाजन हुनबाट फेरि पनि माओवादीले नै जागाएको छ ।’
प्रचण्डले एमसीसी पासपछि गठबन्धन सुरक्षित भएको दावी गरे । व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको प्रचण्डले उल्लेख गरे ।आफूले गठबन्धन मात्रै नभनेको र पार्टीलाई मजवुत बनाउन एकतावद्ध गर्ने अभियानमा लागेको बताए ।







परिवर्तन संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार १०:५०