माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत आउँदै
सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत आउने भएका छन् । केन्द्रको कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।
प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश ईन्जार्च शक्ति बस्नेत पनि सहभागी हुने नेकपा माओवादी केन्द्र सुर्खेतका संयाेजक कृष्ण जिसीले जानकारी दिए । उनकाअनुसार वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
यस्तै प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गिय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने जिसीको भनाई छ । शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने कार्यतालिका रहेको केन्द्रले जनाएको छ ।







परिवर्तन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार २०:४०