Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

ब्याख्यात्मक टिप्पणी लाज ढाग्ने टालो ;अध्यक्ष लिङ्देन

सुर्खेत –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले  प्रतिनिधि सभाबाट पारित गरिएको व्याख्यात्मक अमेरिकी मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) लाज ढाग्ने टालो भएको टिप्पणी  गरेका छन् । आमसभालाई सम्बोन्धन गर्न सुर्खेत आइपुगेका अध्यक्ष लिङ्देनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोप समेत लगाएका हुन् ।

 

‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा जुन प्रयोग गर्ने चेष्टा गरे र सत्तामा बसिराखेकाहरुले सत्तामै बसिराख्ने लिसोको रुपमाप्रयोग गरेका छन्,’ लिङ्देनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ एमसीसी बारेको विवादलाई छिनोफानो नगर्दा विवाद र विभाजन जनताको तहसम्म पुगेको लिङ्देनको टिप्पणि छ ।

उनले एमसीसी माथिको व्याख्यात्मक टिप्पणिले कालातन्तरमा देशलाई नोक्सानीतर्फ लैजाने उल्लेख गरे । पार्टी विभाजनको विषयमा भने लिङ्देनले राजनीतिकलाई पेशा व्यवसाय मान्नेहरु बाहिरिएको र पार्टीलाई देशको सर्वोत्तम माध्यम ठान्नेहरु राप्रपामा आउने टिप्पणि गरे ।

राप्रपाले चुनाव जितेका क्षेत्रमा जनताका आधारभूत आवश्यकताहरु पूरा गर्नमा कटिवद्ध रहेको लिङ्देनले बताए ।संविधानको परिधिभित्र रहने राज संस्थाको मुद्दा लिएर जनता माझ जान लागेको लिङ्देनको भनाई छ । लिङ्देनसहितका सुर्खेत आएका केन्द्रीय नेताहरुले वीरेन्द्रनगरमा आयोजित आमसभामा सम्बोन्धन गर्नेछन