Loading... आजः २०८३ बैशाख ५, शनिबार

‘एमालेको भेलबाट भागेर प्रचण्ड-माधव कहाँ जान्छौ?’

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै चुनावमा भाग्न खोज्नेहरू सफल नहुने दाबी गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ओलीले भने, यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौ? चुनाव त गराउनैपर्छ। एमालेले ८० प्रतिशत भोट एक्लै ल्याएको छ। बढार्दिन्छ भनेर ५ वर्ष कुर्नसमेत सकेनन्। यिनीहरूले परमादेशबाट हटाएपछि अब सक्यो। अब झन् रोकिन्न एमाले एउटा भेल हो, अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट। तपाईंहरू विश्वस्त भएर भोट हाल्नुस्।’

एमाले जस्तो इतिहास बोकेको पार्टी कुनै नभएको दाबी गरे। ओलीले भने, ‘नेकपा एमालेमा इतिहास, बलिदान र भिजन व्यावहारिक क्षमता छ। सरकार बनाउने तीन वर्ष मौका पाउँदा त सबैको नीद हराम गरिदिँदो रहेछ। कतै नभएपछि पाँच वर्ष पर्खिन सकेनन्।’