यु-१९ राष्ट्रिय महिला क्रिकेट चैत पहिलो साता

काठमाडौं : यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी‚ बागमती, मधेश र प्रदेश १ को सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन्। समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्र्धा गर्नेछन्। चैत ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ।










परिवर्तन संवाददाता
३० फाल्गुन २०७८, सोमबार १४:२४