Loading... आजः २०८३ बैशाख ३, बिहीबार

जाजरकोटमा अस्पताल लैजाँदा बाटैमा गर्भवतीको मृत्यु

जाजरकोट – शिवालय गाउँपालिकामा आज (सोमबार) एकजना गर्भवतीको मृत्यु भएको छ। सुत्केरी बेथा लागेकी शिवालय गाउँपालिका-४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा बाटोमै रावतको मृत्यु भएको हो।