एमाले दैलेखको अध्यक्ष रवीन्द्रराज शर्मा
शर्माले ४ सय १४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा प्रेम बहादुर बुढा विजयी भएका छन् बुढाले ४ सय ५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन मण्डलले जनाएको छ।
बुढाका प्रतिद्वन्द्वी टोप बहादुर बिसीले १ सय ९६ मत प्राप्त गर्दै २ सय ६३ मत अन्तरले पराजित भएका हुन्। यस्तै, सचिवमा तिलक प्रसाद रिजाले विजयी भएका छन्। रिजालले प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीलाई ६३ मतले पछि पार्दै विजयी भएका हुन् रिजालले ३ सय ६५ मत प्राप्त गरेका छन् भने शाहीले ३ सय २ मत प्राप्त गरेका छन्।
उपसचिवमा कलावती न्यौपाने र गङ्गाराम दाहाल विजयी भएका छन्। न्यौपानेले २ सय ६४ मत प्राप्त गरेकी छन् भने दाहालले २ सय २१ मत प्राप्त गरी विजयी भएका हुन्। उपसचिवमा आठ जनाले प्रतिस्पर्धा गरेका थिए। जिल्लाका ११ स्थानीय तहका ९० वडाहरूबाट छनोट भएका ७ सय २३ प्रतिनिधि मध्ये जम्मा ६ सय ८४ जनाले मत हालेको निर्वाचन मण्डलले जनाएको छ।
गत पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको जिल्ला अधिवेशन अन्तर्गत २७ गते भएको मदनमा मतदाता सङ्ख्या भन्दा बढी मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो। कुल मतदाता सङ्ख्या ७ सय २३ रहेकोमा ७ सय ४८ मत (अर्थात) ३१ मत बढी कसेको थियो।
पहिलो चरणको निर्वाचन प्रक्रिया रद्द भए पछि फागुन २४ गते (सोमबार) बसेको एमाले जिल्ला कमिटी दैलेखको १८औँ बैठकले पुनः जिल्ला अधिवेशन चैत्र १ र २ गते गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बुधवार निर्वाचन गरिएको थियो। थाहाखबर बाट








परिवर्तन संवाददाता
३ चैत्र २०७८, बिहीबार १२:१४