युक्रेनमाथिको पहिलो चरणको आक्रमण सकियो : रूस

रूसले युक्रेनविरुद्ध जारी आक्रमणको पहिलो चरण समाप्त भएको घोषणा गरेको छ। फेब्रुवरी २६ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण गरेको रूसले एक महिनापछि पहिलो चरणको आक्रमण समाप्त भएको घोषणा गरेको हो।
पहिलो चरण भनिएको समयमा रूसले युक्रेनका निक्कै महत्वपूर्ण शहरमाथि आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको थियो। यस अविधमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायतका महत्त्वपूर्ण सहरमा रूसले शक्तिशाली बम खसोलेको छ भने थुप्रै संरचना ध्वस्त पारेको छ।
यो अविधमा रूसले पनि आफ्ना हजारौं सैनिक युक्रेनमा गुमाएको अधिकारीहरूले बताएका छन्। रूसका एक वरिष्ठ सैन्य अधिकारीले पहिलो चरणको कारबाहीको मुख्य कार्य पूरा भएको बताउँदै अब युक्रेनको पूर्वी डोनबास क्षेत्र केन्द्रित आक्रमण हुने बताएका छन्। उनले युक्रेनको सैन्य शक्ति धेरै कमजोर भइसकेको पनि दाबी गरेका छन्। रूसी सैनिक अहिले पनि किभ, खर्किभलगायतका शहर बाहिर घेरा हालेर बसेको छ।







परिवर्तन संवाददाता
१२ चैत्र २०७८, शनिबार ०८:२०