Loading... आजः २०८२ पुष १५, मंगलवार

आर्मी दोस्रो स्थानमा उक्लियो, एपिएफ शीर्ष स्थानमा यथावत्

 

त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो।

भरतपुर-१९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले ह्याट्रिक गरिन्। यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मि घिसिङ, कुसुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे।

आर्मीकी खेलको तेस्रो मिनेटमै अग्रता लियो। आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन्।