Loading... आजः २०८२ पुष १४, सोमबार

रुकुम पश्चिममा टाइफाइड विरुद्धको खोप अभियान सुरु

रुकुम पश्चिम – जिल्लामा शुक्रबारदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई सरकारले टाइफाइड विरुद्धको खोप लगाउन थालेको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले अभियानको सुरुवात गरेका हुन् । मुसीकोट नगरपालिका–१, को त्रिभुवन जनता माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरिएको हो ।

खोप लगाउनका लागि ३ सय ७५ खोप केन्द्र कायम गरिएको छ भने ४ सय ८२ स्वास्थ्यकर्मी परिचालन भएका छन् । जिल्लाका ४५ हजार ८ सय ७५ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्य सेवा व्यवस्थापक कालीबहादुर ओलीले जानकारी दिए । विद्यालय, टोल, अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाईहरुमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप लगाउनका लागि ३ सय ७५ खोप केन्द्र कायम गरिएको छ भने ४ सय ८२ स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

जिल्लाका ४५ हजार ८ सय ७५ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्य सेवा व्यवस्थापक कालीबहादुर ओलीले जानकारी दिए । विद्यालय, टोल, अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाईहरुमा खोप लगाउने व्यवस्था मिलाइएको छ । धेरै बालबालिका विद्यालयमा हुने भएकाले धेरै खोप केन्द्र विद्यालयमै तोकिएको छ । छुटेकालाई अस्पताल, स्वास्थ्य केन्द्र तथा टोल टोलमा समेत खोप लगाउने गरी मिलाइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । १५ वर्ष मुनिका बालबालिकामा टाइफाइडको संक्रमण दर ११ गुणा बढी हुने भएकाले सरकारले यो अभियान सञ्चालन गरेको हो ।