कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा बजेट हाल्न सकिँदैन : मुख्यमन्त्री शाही
![]()
जुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताएका छन् । उनले अब कसैले माग्दैमा मुख्यमन्त्री रोजगारको बजेट दिन सकिने बताए । वडादेखि नै प्रक्रिया पुगेर आउनु पर्ने भन्दै कुनै नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने उनले बताए ।
जुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताएका छन् । उनले अब कसैले माग्दैमा मुख्यमन्त्री रोजगारको बजेट दिन सकिने बताए । वडादेखि नै प्रक्रिया पुगेर आउनु पर्ने भन्दै कुनै नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने उनले बताए ।
जुम्लामा आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रमबारे अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले अति विपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
वडा तहले निर्णय गरेर पाँच वटा योजना गाउँपालिकामा पठाउने, गाउँपालिकाले निर्वाचित प्रदेश सांसद संयोजकत्वको समितिमा जस्ताको तस्तै वडाका योजना पठाउनु पर्ने छ । अनि मात्रै समितिले पाँचमध्ये छानेर तीन योजना मुख्यमन्त्री कार्यालयमा पठाउने छ । मुख्यमन्त्री शाहीले विधि र प्रक्रिया नजान्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले खासै परिवर्तन ल्याउन नसकेको बताए ।
उनले मुख्यमन्त्री रोजगार कार्यक्रमको करोडौं रकम जिल्लामा आउने भए पनि गाउँमा कुनै काम नदेखिएको बताए । मुख्यमन्त्री शाहीले भने, ‘अनलाइन दर्तादेखि हरेक विधि अपनाउँदा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेन । अब मुख्यमन्त्री कार्यक्रमबाट तर्जुमा भएका योजना बजेटमा प्रकाशित गरेर रातो किताबमा समेत समेटिने गरि तयारी भइरहेको छ ।’
कार्यक्रम आफूले ल्याएको भन्ने र आफ्नै मान्छे उपभोक्ता समितिमा राख्न पाउनुपर्छ भन्ने गरिए पनि धेरै अति विपन्न नागरिक मर्कामा परेको उनले बताए । उनले भने, ‘अब त्यसो हुन दिने छैनौं । मुख्यमन्त्रीको बजेट डल्लो बजेटका रुपमा पनि राख्दैनौं । पारदर्शी रुपमा बजेटमै उल्लेख गर्ने तयारी छ ।’
साभार कान्तिपुर दैनिक








परिवर्तन संवाददाता
२५ चैत्र २०७८, शुक्रबार १९:१२