Loading... आजः २०८२ पुष १३, आईतवार

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरू

जुम्ला – जुम्लाको खलंगादेखि मुगुको रारासम्मको म्याराथन सुरू भएको छ। ५९ किलोमिटर दूरीको प्रतियोगिता शनिवार कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्‍घाटन गरेका हुन्।

चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरू भएको दौडमा करिब ४०० जना सहभागी छन्। सहभागीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म छन्।

कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथन दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा नेपालका १० जिल्ला र भारतका खेलाडी सहभागी छन्।

खलंगादेखि रारातालसम्मको म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई एक/एक लाख रूपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।