Loading... आजः २०८२ पुष १२, शनिबार

सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु

सल्यान- बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।राताेपाटि