कर्णालीका दुई जिल्ला बाहेक अन्य गठबन्धनबीच भागवण्डा सहमति
दैलेखमा सबैभन्दा धेरै काँग्रेस

सुर्खेत -कर्णालीमा सत्ता गठबन्धनको बैठकले सुर्खेत र रुकुम (पश्चिम)को बाहेक अन्य आठ जिल्लामा भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो लगाएको हो ।
सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । डोल्पामा माओवादी केन्द्रले ३ प्रमुख २ उपप्रमुख, काँग्रेसले १ प्रमुख ३ उपप्रमुख र समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ ।







परिवर्तन संवाददाता
१२ बैशाख २०७९, सोमबार ०७:४९