Loading... आजः २०८२ पुष ११, शुक्रबार

सुर्खेत काँग्रेसमा आन्तरिक द्वन्द्व : खड्का पक्षले एकलौटी गर्न खोजेको थानी पक्षको निष्कर्ष !

सुर्खेत – नेपाली काँग्रेस सुर्खेतमा आन्तरिक विबाद जारी छ । जसका कारण पनि सुर्खेतमा गठबन्धन दलहरुबीच तालमेलमा सकस भएको छ । निर्णायक भूमिकामा रहेको काँग्रेसले लचकता नदेखाए पनि एकीकृत समाजवादी र माओवादीले उम्मेदवार छनोटदेखि आन्तरिक तयारी गरिसकेका छन् । आइतबार मनोनयन दर्ता गर्ने दिनमै काँग्रेसभित्रको संस्थापन  इत्तर समुह अर्थात हृदयराम थानी समूहले एकल भेलाको आयोजना गरेको छ ।

उक्त भेलाले संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खोजेको निष्कर्ष निकालेको छ । पूर्व जिल्ला सभापति कमलराज रेग्मीले संस्थापन पक्षको एकलौटीपनको खबरदारी गर्ने बताए ।  उनले भने, ‘हामीलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ ।  पार्टीभित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको हाम्रो निचोड छ ।’

साथै भेलाले पार्टी नेतृत्वले एकलौटी तरिकाले एउटा समूहलाई निषेध गरेर अघि बढ्नु कसैका लागि फाइदा नहुने चेतावनी समेत दिएको छ ।  वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरीत नगर सभापति उपेन्द्र खड्काले एकलौटी रुपमा नाम सिफारिस गरेको भन्दै इत्तर पक्षले विरोध समेत जनाएको छ । रेग्मीले भने,‘एकलौटी नाम सिफारिस गर्ने असक्षम र अपरिपक्व नेतृत्व हो । जीवन नै पार्टीमा समर्पित गरेकाहरूलाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पार्टीले अगाडि बढाएको प्रति हाम्रो आपत्ति छ ।’
साथै उनले इत्तर पक्ष स्थानीय तहको निर्वाचनमा पार्टीलाई जित हाँसिल गराउन तयार रहेको तर, नेतृत्वबाट अहिलेसम्म कुनै वार्ता–सम्वाद नभएको ठहर इत्तर पक्षको ठहर छ । यो पक्षले ४० प्रतिशत उम्मेदवारी इत्तर पक्षलाई नहुँदा कुनैपनि पद नलिने अडान राखेको छ ।
त्यही अडानलाई कायम राख्न यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा सिफारिस भएका नेताहरु नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेदवारी फिर्ता लिइसकेका छन् । साभार राताेपाटि